default_image

8 years ago

March 21, 2017

पत्रिकाले ‘श्रीलंका क्रिकेटको मृत्यु’ भएको घोषणा गरे

72 views

0 Bookmark

कोलम्बो (एजेन्सी) – श्रीलंका र बंगलादेशबीच यसै साता सम्पन्न दोश्रो टेष्टमा श्रीलंकाले बंगलादेशसंग ४ विकेटको हार व्येहोर्यो आफ्नो दुवै इनिङ्समा ३०० रन कटाएपनि बलरहरुले सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि श्रीलंकाले पराजय भोगेको थियो

CRICKET-UAE-PAK-SRI

हारसंगै श्रीलंकामा मिडिया र समर्थकहरुले श्रीलंका क्रिकेटको आलोचना गरिरहेका छन् यसैबीच श्रीलंका स्थित ‘द आइल्याण्ड’ नामक एक दैनिक पत्रिकाले श्रीलंका क्रिकेटको मृत्यु भएको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ। पत्रिकाले ‘मार्च १९,२०१७का दिन ओभल मैदानमा मृत्युवरण गरेको श्रीलंका क्रिकेटको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दछौं’ भन्ने व्येहोरा सहित सूचना प्रकाशित गरेको छ।

'द आइल्याण्ड'मा छापिएको श्रद्धाञ्जली

‘द आइल्याण्ड’मा छापिएको श्रद्धाञ्जली

साथसाथै, त्यसै सूचनाको अन्त्यमा ‘पार्थिव शरीरको अन्तिम संस्कार गरेर खरानी भने बंगलादेश लगिनेछ’ भनेर पनि लेखेको छ। उक्त पत्रिकाले श्रीलंका क्रिकेटका अध्यक्ष थिलंगा सुमपिथाला र श्रीलंकाका खेल मन्त्रीले ‘श्रीलंका क्रिकेट’को लास बोकेको एक कार्टुन पनि छापेको छ।

बंगलादेशले आफ्नो १००औं टेष्ट खेलिरहँदा जित संगै श्रीलंका विरुद्धको २ टेष्टको सिरिज बराबरी गरेको हो। श्रीलंकाका पत्रिकाहरुले बंगलादेशको खेलको भने खुलेर प्रसंशा गरिरहेका छन्। एक दैनिकले भने यो श्रीलंका क्रिकेटको सबैभन्दा नाजुक घडी रहेको पनि उल्लेख गरेको छ।

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

Success

Thank you for your time.