default_image

8 years ago

March 16, 2017

कीर्तिपुरमा सुपर एट क्रिकेट हुने

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा प्रथम सुपर–एट क्रिकेट प्रतियोगिता चैत १५ गते सुरु हुने भएको छ । २० टोलीको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चैत देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

cricket

सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगितामा सञ्चालन गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

Success

Thank you for your time.