default_image

10 years ago

October 2, 2015

पारसलाई कप्तानबाट हटाइएको छैन – क्यान

164 views

0 Bookmark

काठमाडौं, असोज १५ गते ।

पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान)  ले स्पष्ट पारेको छ । 

paras khadka

  • केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा थिएन । बैठकमा सबै विषयमा छलफल हुँदा पारसको बारेमा केही कुरा चलेको हो । तर, त्यसको मतलब कुनै निर्णय भएको छैन ।
    क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले पारसका विषयको भूमिकाका विषयमा कुरा उठेको बताएका छन् । उनको भनाईले क्यानप्रति गलत सन्देश गएको भन्ने उठेको हो । तर, त्यो कारवाहीको तहमा गएको होइन ।
    पारसले आफुलाई हटाइएको कुनै जानकारी नआएको जनाउँदै भने, मलाई कुनै जानकारी छैन । तथापी कप्तान पद स्थाइ होइन भन्ने मलाई राम्ररी थाहा छ । मेरो लागि कप्तान होइन, क्रिकेट टोली ठूलो हो । पछिल्लो केही बर्षयता पारसले क्यानको व्यवस्थापन, क्यान पदाधिकारीका विषयमा प्रश्न उठाउँदै आएका छन् ।

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

April 9, 2025

रुपन्देही र दाङ लुम्बिनी प्रदेश क्रिकेटको फाइनलमा

सुमन अधिकारी, बुटवल दाङ र रुपन्देही जिल्ला लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा बुधवार भएको सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको हो। दाङको घोराहीस्थित खेल मैदानमा भएको सेमिफाइनलमा दाङले ९२ रनको सामान्य लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा […]

Success

Thank you for your time.