10 years ago
October 2, 2015
काठमाडौं, असोज १५ गते ।
क्रीकेट एसोसिएसन ओफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्कालाई कप्तान बाट हटाउने निर्णय गरेको छ ।
आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक का अनुसार बिहीवारको बैठकले उक्त निर्णय गरेको हो । पारस माथी अनुशासन बिपरित काम गरेको भनेर घरी घरी आरोप लाग्दै आएको छ । अन्नपूर्णको अनुसार क्यानको बैठकमा पारसले क्रीकेट संघ माथि राजनीति गर्न थालेको भनेर चर्को अलोचना भएको थियो । क्यानको अनुशासन कमिटिले पारसले अनुशासनहिन कार्य गरेको भनेर उक्त निर्णय गरेको जनायो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]