default_image

8 years ago

March 14, 2017

सगरमाथा डिपिएल तीन साता पछि सर्यो

76 views

0 Bookmark

काठमाडाैं (हाम्रो खेलकुद) – सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिग (डिपिएल) निर्धारित मितीभन्दा २२ दिन पर सर्ने भएको छ। चैत ५ गतेबाट सुरु हुने भनिएको डिपिएल त्यसै समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी)ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि सर्ने भएको हो।

dpl1

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार जारी गरेको विज्ञप्तिमा डिपिएल अब चैत्र २७ गतेदेखि वैशाख ९ गतेसम्म हुने जनाइएको छ। राष्ट्रिय क्रिकेटको बृहत्तर विकासलाई ध्यानमा राख्दै प्रतियोगिता पछि सारिएको विज्ञप्तिमा जनाइएको छ।

‘हामीले पूर्वनिर्धारित समयानुसार आयोजनाको ९० प्रतिशत काम सकाइसकेका थियौं,’ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘तर, अन्तर्राष्ट्रिय खेलमा खेलाडीहरूको एक्सपोजरलाई मध्यनजर राख्दै प्रतियोगिता पछाडि धकेल्ने निर्णयमा पुगेका हौं।’ उनका अनुसार इमर्जिङ कप र डिपिएल दुबै नेपाली क्रिकेटका लागि दुबै महत्वपुर्ण छन्। ‘डिपिएलले घरेलु क्रिकेटमा व्यवसायिकताको प्रवर्द्धन गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ।’

डिपिएलमा देशभरिका विभिन्न ६ वटा टिमका सहरहरू सहभागी हुँदैछन्। काठमाडौं, विराटनगर, भैरहवा, धनगढी, अत्तरिया र कञ्चनपुर सहभागी टिम हुन्।

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

Success

Thank you for your time.