8 years ago
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् । विश्व क्रिकेट डिभिजन च्याम्पियनसिपको दोस्रो खेलमा केन्यालाई ७ विकेटलाई हराएको भोली पल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीसँग राखेको अन्तक्रियामा पारसले भने,‘जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बोर्ड बैठकमा नेपालका बारेमा निर्णय हुँदैछ । यस्तै अवस्था रहिरहेमा नेपालको सदस्यता खारेज समेत हुन सक्छ । हामी अहिले कठिन मोडमा आइपुगेका छौं ।’
पारसले राखेप सदस्य सचिव केशवकुमार विष्टतर्फ इशारा गर्दै थपे,‘अहिले खेलकुदको अविभावक तपाई हुनुहुन्छ । विवाद समाधानका लागि तपाईको जिम्मेवारी महत्वपूर्ण हुन्छ । क्रिकेट विवादको समाधान गर्नु भयो भने आउने पुस्ताले तपाईलाई सम्झिनेछ ।’
विवाद समाधानका लागि भन्दै हुँदै आएका पटक पटकका छलफलमा सहभागिता हुँदै आएका पारसले भने ‘क्रिकेटका सबै सरोकारवाला र सल्लाहकार समितिका एकै ठाँउ बसेर छलफल गरेर अघि बढ्दा राम्रो हुन्छ ।’ केन्यासँगको शनिबार भएको पहिलो खेल भने नेपालले ५ विकेटले गुमाएको थियो ।
अन्तरक्रियामा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले क्रिकेटमा देखिएको अन्योल चाँडो भन्दा चाडो अन्त्य हुनु पर्नेमा जोड दिए । झन्डै डेढ बर्षदेखि आन्तरिक विवादमा अल्झेको नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट संघले निलम्बन लगाएपछि घरेलु क्रिकेट लगभग शून्यको अवस्थामा पुगेको छ । गत बर्ष मंसिरको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा चयन गरेको नेतृत्वलाई प्रक्रिया पुरा नगरेको भन्दै राखेपले मान्यता दिएन ।
राखेपले मान्यता मात्र नदिएको होइन गत पुसको २४ गते समानान्तर अस्तित्व खडा गर्दै रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गर्यो । पछिल्लो विवादको श्रृखंला त्यहाँबाट सुरु भएको थियो । त्यसपछि निर्वाचित समितिले राखेप, तदर्थसमिति विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । त्यहि दौरान गएको वैशाखमा आइसिसीले क्यानमाथि निलम्बन लगाएपछि क्रिकेट विवाद थप गिजोलिएको थियो । क्यान प्रतिबन्धमा परेपनि नेपालको अन्तर्राष्ट्रिय सहभागिता आइसिसीले आफै व्यवस्थापन गर्दै आएको छ । क्यानको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन छ ।
विवाद समाधान र नयाँ विधान तयार गर्ने भन्दै आइसिसीले गठन गरेको आठ सदस्यीय सल्लाहकार समितिले ढिलो गतिमा काम अघि बढाएको छ । त्यसबाट पनि नेपाल क्रिकेटको समस्या समाधान हुने नहुने अनिश्चित नै छ । केन्यासँगको खेलका दौरान पनि सल्लाहकार समितिको बैठक बसेको थियो ।
पछिल्लो समय क्रिकेटलाई विवाददित बनाउनमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको राखेप सदस्य सचिव केशवकुमार विष्ट क्रिकेट विवादमा खेलाडीको कुनै दोष नरहेको दोहाराउँदै आएका छन् । खेलाडीसँगको अन्तरक्रियामा उनले भने,‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शिताका कारण हो । यसमा खेलाडीको कुनै दोष छैन ।’
नेतृत्वको अदुर्शिताका कारण क्रिकेटमा विवाद देखिएको बताएपनि उनले त्यसमा आफ्नो भूमिका बारेमा भने खुल्न चाहेनन् । विष्टले क्रिकेटको नयाँ विधानमा खेलाडीको भावनाको सम्मान गरिने प्रतिबद्धता व्यक्त गरे । सदस्य सचिव विष्टले उनले क्रिकेटको समस्या समाधान गर्न नेपाल सरकार, खेलकुद मन्त्रालय र परिषद् गम्भीर भएको बताउदै आईसीसीसंग पनि राम्रो समझदारी बनिरहेको बताए ।
सदस्य–सचिव विष्टले खेलाडीका लागि के गर्दा राम्रो हुन्छ त्यसमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै आईसीसीको आर्थिक गतिविधि स्पष्ट हुनु पर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले विश्व क्रिकेट लिगमा सोमबार केन्या विरुद्ध हात पारेको जितका लागि टोलीलाई बधाइ पनि दिएका थिए ।
सोही अवसरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीसहित २५ सदस्यीय टोलीलाई भत्ता वितरण गरिएको थियो । राखेपले दिनको ६ सयका दरले जम्मा ३१ दिनको भत्ता वितरण गरिएको हो ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]