8 years ago
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लागेको झन्डै एक बर्षपछि विधानका विषयमा छलफल गर्न विवादित सबै भएका छन् । यद्दपी नेपालमाथिको प्रतिबन्ध कहिले हट्छ भन्ने जवाफ कसैसँग छैन । आइसिसीकै नेतृत्वमा अहिले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको छ ।
नेपाली क्रिकेटको विवाद समधानका लागि विधान बनाउने र स्वतन्त्र निर्वाचनको वातावरण तयार पार्न भन्दै पाँच महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सल्लाहकार समिति बनाएपनि त्यसले काम गर्न सकेको थिएन । विवादित एउटा पक्ष (चन्द नेतृत्व) ले समितिको अस्तित्व अस्वीकार गर्दै आएका कारण समितिले विवाद समाधान र विधान ड्राफ्टका लागि कुनै काम गर्न सकेको थिएन । आइसिसीकै पहलमा चतुरबहादुर चन्द पक्षबाट चन्द र महासचिव अशोकनाथ प्याकुरेल फागुन ९ गते समितिमा बस्न तयार भएपछि समितिले केही गति लिने संकेत देखिएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचका खेलका दौरान समितिको बैठक बस्ने पूर्वसहमति अनुसार आइसिसीका प्रतिनिधिको रोहवरमा आइतबार राजधानीमा बैठक बसेको छ । ८ सदस्यीय सल्लाकार समितिमा रहेको क्यानका पूर्व कार्यवहाक अध्यक्ष दीपक कोइराला बाहेक आइतबारको बैठकमा सबै उपस्थित थिए । फागुन ९ गतेको बैठकमा कोइराला र पूर्व अध्यक्ष विनयराज पाण्डे अनुपस्थित थिए ।
बैठकमा आइसिसीका तीन प्रतिनिधिसहित सल्लाहकार समितिका दुई संयोजक बसन्त चौधरी, पाण्डे, सदस्य चुडामणी पौडेल, निर्वाचित क्यानका अध्यक्ष चन्द र प्याकुरेल, क्यान तदर्थ समितिका महासचिव पवन अग्रवाल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कातर्फबाट प्रेस सल्लाहकार रोहित दहालको उपस्थिति थियो ।
छलफल आइसिसीका ग्लोबल डेभलपमेन्ट मेनेजर विलियम ग्लेनराइट, आइसिसी बोर्ड सदस्य इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेखको रोहवरमा भएको थियो । निर्वाचित क्यानका महासचिव प्याकुरेलले छलफल सकारात्मक रुपमा अघि बढ्ने संकेत देखिएको बताए । ‘बल्ल औपचारिक रुपमा छलफल सुरु भएको छ । विधानमा उल्लेख गर्ने धेरै विषयमा सहमतिमा पुग्न समय लाग्न सक्छ ’ उनले भने, ‘विधानको खाका तयार पार्न अझै केही समय लाग्ने देखिएको छ । ’
विधान संसोधन गर्ने की नयाँ विधान तयार पार्नु हुन्छ भन्ने प्रश्नमा प्याकुरेलको जवाफ थियो, ‘आइसिसीको टिओआरमा त संसोधन भन्ने नै छ । तर पनि हामीले त्यसमा अड्किरहनु पर्छ भन्नेमा छैनौं । पहिला विधानमा केके विषय समेट्ने भन्ने महत्वपूर्ण हुन्छ । आइसिसी प्रतिनिधिले पनि विधानमा राखिने विषय महत्वपूर्ण हुने नाम महत्वपूर्ण नहुने बताएका छन् । आजको छलफलमा विधानमा उल्लेख हुने विषय र बुदा महत्वपूर्ण हुनेमा सहमति जनाएका छन् । सहमति हुन्छ भने प्राविधिक र कानुनी विषय मिल्दै जानेसक्छ भन्ने छ । ’
समिति सदस्य राखेप प्रेस सल्लाहकार रोहित दाहालले छलफल सकारात्मक रुपमा अघि बढेको विधानका विषयमा अब बस्ने बैठकमा टुंगो लाग्ने विश्वास व्यक्त गरे । ‘विधानको प्रारम्भिक खाका तयार छ । त्यसमै छलफल केन्द्रित भयो ’ दहालले भने, ‘संगठनको संरचनाका विषयमा छलफल हुँदा जिल्ला, क्षेत्र र केन्द्र गरि तीन तह रहनेमा लगभग सहमति भइसकेको छ । संख्यामा सहमति हुन बाँकी छ । चन्द पक्षका साथीहरुले आन्तरिक छलफलको लागि समय माग्नु भएकोले आजको बैठकमा अन्तिम किनारा लाग्न बाँकी रह्यो । अब अर्को साता बस्ने बैठकमा टुंगिने सम्भावना छ । ’
दाहालले क्रिकेट विवाद समाधानको नजिक रहेको पनि बताए । उनले भने, ‘यहाँ सहमति हुने वित्तिकै क्यानमाथि प्रतिबन्ध हट्नेछ र नयाँ प्रावधान अनुसार संगठनको काम हुनेछ । तत्कालका लागि जिल्लाको अस्तित्व रहनेछ । पछि भने त्यो हट्न सक्छ । चन्द पक्षको सबैभन्दा चासो जिल्लाको अस्तित्वकै बारेमा थियो ।’
गत बर्ष मंसिर अन्त्यमा क्यानको साधारण सभाले चन्दको अध्यक्षमा समिति चयन गरेको थियो । त्यसमा असहमति जनाउँदै राखेपले गत बर्ष पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । निर्वाचित समितिले राखेप, तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । २०७३ वैशाखमा आइसिसीले सरकारी हस्तक्षेप भएको र स्वच्छ निर्वाचन नभएको भन्दै क्यानमाथि प्रतिबन्ध लगाएको छ । क्यानमाथिको प्रतिबन्ध यथावत छ भने सर्वोच्चममा मुद्दा विचाराधिन छ ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]