8 years ago
March 10, 2017
काठमाडौं – विश्व क्रिकेट लिग (डब्सूसिएल) च्याम्पियनसिप अन्तर्गत शनिबार हुने खेलमा दुई वटा विषय अनिश्चित छन् । खेलको दिनको मौसम र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का खेल्ने दुवै विषय अघिल्लो दिन शुक्रबार सम्म अनिश्चित छ । यद्दपी पारस व्यक्तिगत रुपमा खेल्न चाहन्छन् । निर्णय भने भइसकेको छैन । खेल्ने नखेल्ने प्रष्ट जवाफ न त पारससँग छ न टोलीका मुख्य प्रशिक्षक जगत टमाटासँग छ । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा दुवैले पारस खेल्ने विषयमा प्रष्ट पार्न चाहेनन् । अझै ५०/५० कै अवस्था रहेको बताए । मौसमका बारेमा कसैसँग जवाफ थिएन् । चासो मात्र थियो ।
पारसले टोली केन्याविरुद्धका लागि तयार रहेको दोहोराए । ‘तयारी राम्रो भएको छ । हामीले फर्ममा रहेका खेलाडी छनोट गरेका छौं । दुईजनाले कम ब्याक गरेका छन् । एक जना नयाँ छन्, सम्भवतः उनले डेब्यू पनि गर्नेछन्’ उनले थपे, ‘टिम सबै हिसाबले तयारी रहेको छ । घरेलु मैदानमा दर्शकको साथ त हुन्छ नै ।’ खेलको महत्वका बारेमा पारसले भने, ‘केन्याका लागि जित जति महत्वपूर्ण छ हामीलाई पनि त्यत्तिकै महत्वपूर्ण छ । यो च्याम्पियनसिपमा सबै टोली उस्तै छन् । केन्या पनि बलियो टोली हो । भोली खेल सहज भने हुने छैन । राम्रो खेल्नुपर्ने हुन्छ ।’
८ राष्ट्रको सहभागिता रहेको च्याम्यिनसिपको अंकतालिकामा केन्या (८अंक) पाँचौं र नेपाल (६अंक) छैटौं स्थानमा छ । शीर्ष चार स्थानमा रहने टोलीले अर्को बर्ष विश्व कप छनोट खेल्नेछ । आफ्नो स्वास्थ्यको बारेमा सबैले चासो राखेको बुझेका पारसले व्यक्तिगत रुपमा खेल्ने चाहना भएपनि खेल्ने नखेल्ने शनिबार बिहानमात्र निर्णय हुने बताए । ‘म खेल्न चाहन्छु । तर म खेल्न नखेल्नु भन्दा पनि नेपाल खेल्दैछ । यो टिम गेम हो । हाम्रा सबै खेलाडी उत्तिकै सक्षम छन्’ उनले भने, ‘हामीलाई आफ्नो टिम माथि पुरा विश्वास छ । हामी राम्रो गर्न सक्छौं । नेदरल्यान्ड्सलाई उसकै मैदानमा पनि हराइसकेका छौं । यहाँ हामी होम कन्डिसनमा खेल्दैछौं ।’
पेटमा समस्या भएका कारण तीन दिन अस्पताल भर्ना भएका पारस टोलीको अन्तिम तयारीका क्रममा भारत भ्रमण गएनन् । पछिल्लो पाँच दिन देखि अभ्यास सुरु गरेको पारसले स्वास्थ्यमा सुधार आइरहेको सुनाए । ‘निश्चय नै तीन दिन अघिको भन्दा आजको दिनमा आइपुग्दा निकै सुधार भएको छ ’ उनले भने, ‘त्यति बेला म ४० प्रतिशत ठिक थिए भने अहिले ६० देखि ७० प्रतिशत ठिक छु । शरीरिकले पनि राम्रो रेस्पोन्ड गरेको छ । तथपी खेल्ने नखेल्ने भोलीमात्र निर्णय हुनेछ । जे भएपछि एउटा व्यक्तिमा सिमित भएर हेर्नु हुदैन ।’
टोलीका प्रशिक्षक टमाटाले पनि पारस मानसिक रुपमा बलियो अवस्थामा रहेको बताए । यद्दपी उनको बारेमा भोली निर्णय गरिनेछ । पारस खेल्दा वा नखेल्दाको विकल्पको बारेमा टोलीसँग योजना रहेको टमाटाले सुनाए । ‘पारस टोलीका ब्याक बोन हुन । खेललाई कसरी ह्यान्डल गर्ने उनलाई राम्रो थाहा छ ’ उनले थपे, ‘उनी म्याच विनर प्लेयर हुन् । तर अरु खेलाडी पनि उत्तिकै सक्षम छन् । सय नभएपनि ९० त छन् । ’
टमाटाको नजरमा केन्याको बलिङ राम्रो छ । दुई बर्ष भन्दा लामो समयपछि टोलीमा पुनरागमन गरेको महबुब आलमको बारेमा उनले भने, ‘अहिलेको फर्मलाई हेरेर खेलाडी छनोट गर्दा उनी परेको हुन् । उनको बलिङमा अहिले पनि पहिले जस्तै सुइङ छ । उनी अनुभवी खेलाडी हुन् । ’प्रशिक्षक टमाटा र कप्तान पारसले सबै हिसाबले नेपाली टोली केन्याविरुद्धको खेलका लागि तयार रहेको पटक पटक दोहोराएका थिए ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा थाइल्याण्डले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जारी खेलमा नेपालले थाइल्याण्डबाट १ सय ७ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गर्यो । […]