default_image

8 years ago

March 10, 2017

डब्लूसिएल च्याम्पियनसिप अंक तालिकामा नेपालको स्थिति कस्तो छ?

76 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ। डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन्।

of-nepal-national-cricket-team-preparing-before-kenya-wclc-20

अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एकदिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच अर्को बर्ष विश्वकप छनोट हुनेछ।  डब्लूसिएल च्याम्पियनसिप अंक तालिकाको पुछारमा रहने चार टोली डिभिजन २ मा घटुवा हुनेछन् । यद्दपी त्यो अवस्थामा पनि विश्व कप छनोट खेल्ने अवसर भने बाँकी नै रहनेछ ।

तर, त्यसका लागि डिभिजन २ मा घटुवा हुने ४ टोली र डिभिजन ३ का फाइनल पुग्ने टोलीबीच पुनः राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ। त्यो राउन्ड रोविनमा शीर्ष दुईमा पर्ने टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछन्।

१० खेलपछि नेदरल्यान्ड्स १६ अंकसहित डब्लुसिएल च्याम्पियनसिप अंकतालिकाको शीर्षस्थानमा छ । ८ खेलमा पपुवा न्युगिनीको १२, १० खेलमा हङकङको ११ अंक छ । बाँकी ८ खेल खेलेका टोली मध्ये स्कटल्यान्डको ११, केन्याको ८, नामिबिया र संयुक्त अरब इमिरेट्सको समान २ अंक छ ।

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

February 4, 2025

नेपालविरुद्ध थाइल्याण्डको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा थाइल्याण्डले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जारी खेलमा नेपालले थाइल्याण्डबाट १ सय ७ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गर्यो । […]

Success

Thank you for your time.