default_image

10 years ago

September 30, 2015

सिप्रदीलाई सुपर सिक्सेस क्रिकेट उपाधि

157 views

0 Bookmark

काठमाडौं, असोज १३

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा  सिप्रदी ग्र्पले नबिल बैंकलाई १० रनले हराउँदै  सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

super six winner

सिप्रदीका शैलेन्द्र म्यान अफ दि सिरिज भए ,उनले २४ इन्चको एलइडी पुरस्कार जिते भने सिप्रदीले अर्को बर्ष निशुल्क प्रतियोगितामा प्रवेश पाउनेछ ।

एसएस इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा बुधबार नै भएको सेमिफाइनलमा सिप्रदीले आइसिएफसीलाई २ रन तथा नबिल बैंकले सेन्चुरी बैंकलाई ६ विकेटले हराएको थियो ।

नबिलका अमिल उत्कृष्ट ब्याट्म्यान, सिप्रदीका चिन उत्कृष्ट बलर र सेन्चुरी बैंकका सुरज तिमल्सिना उन्कृष्ट फिल्डर चुनिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले बयाटिङ गरेको सिप्रदीले ५ ओभरमा ३ विकेट गुमाएर ७९ रन बनायो । टोलीका शैलेन्द्र नेपालीले ११ बलमा ३ छक्का र त्यत्तिनै चौकासहित अविजित ३१ रन बनाए । दीपेश श्रेष्ठले १९ रन थपे । जवाफमा नबिल बैंकले ४ विकेटको क्षेतिमा ६९ रनमात्र बनाउन सक्यो ।

अमित पोखरेलले १३ बलमा अविजित ४० रन बनाएपनि टोलीको हार टरेन । अमिले ३ छक्कार ४ चौका प्रहार गरे । म्यान अफ दि फाइनल चिरन थापाले ३ विकेट लिए । सिप्रदीर्लाइ जित दिलाउने क्रममा उनले मात्र ८ रन खर्चेका थिए ।

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

Success

Thank you for your time.