default_image

1 month ago

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

510 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ।

अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो।

कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह गुर्बाज १२ बलमा २६ रनमा आउट भए।

अर्का ओपनर सुनिल नराइन २७ रनमा र कप्तान अजिन्के राहने २६ रन जोडेर अक्षर पटेलकको बलमा एलबिडब्लु धरापमा परे।

लगत्तै ७ रन बनाएका वेंन्कटेश अयर पनि ७ रनमा अक्षर कै बलमा आउट भए। अंगक्रिश रघुवंशीले ३२ बल खेल्दै ३ चौका र २ छकमका सहित ४४ रनको पारी खेले। यस्तै रिन्कु सिंहले ३६ रन र आन्द्रे रसलले १७ रन जोडे।

बलिङमा मिचेल स्टार्सले ३ विकेट लिए। अन्तिम ओभरमा ह्याट्रिक विकेटबाट चुके। उनले २० औं ओभरको तेस्रो बलमा ५ रन बनाएका रोभम्यान पोवेलकाई एलबिडब्लु धरापमा पारे।

चौथो बलमा आन्द्रे रसल १७ रनमा रनमा रन आउट भए। विपराज निगम र अक्षरले समान २ विकेट लिए।

चौथो स्थानमा रहेको दिल्लीको यो दशौं खेल हो। दिल्ली सातौं जित निकाल्ने दाउमा छ। दिल्ली १२ अंक सहित चौथो स्थानमा छ। कोलकाता ७ अंक सहित सातौं स्थानमा छ।

May 31, 2025

नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो । नेपालले यसअघि […]

May 31, 2025

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो । बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक […]

May 31, 2025

मुम्बई दोस्रो क्वालिफायरमा

एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले‌ दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]

Success

Thank you for your time.