3 weeks ago
April 29, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ।
जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई सहज बनाए। त्रितराज २९ रनमा आउट भए।
शुभ कंशकार ३० रनमा आउट भए। अर्जुनले ९६ बल खेल्दै १२ चौका र १ छकमका सहित अविजित ८६ रन जोड्दै टिमलाई ८ विकेटको रवाफिलो जित दिलाए। बलिङमा अविनाश बोहरा र अजय चौहानले १/१ विकेट लिए।
त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपाल रातोले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नेपाल पहेंलोले निर्धारित ४७ ओभरको खेलमा ४०.१ ओभरमा अल आउट हुँदै मात्र १ सय ५८ रन बनायो।
नेपाल पहेंलो ब्याटिङमा चुक्यो। ब्याटिङमा अत्यन्त फितलो प्रदर्शन गर्दा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो।
दीपेन्द्र सिंह ऐरी मात्र क्रिजमा टिके। उनी एक्लैले इनिङ्स सम्हाले। उनलाई अन्य कुनै पनि खेलाडीले साथ समेत दिन सकेनन्।
चौथो क्रमका दीपेन्द्रले १ सय ८ बल खेल्दै १० चौका सहित अविजित ९० रन बनाए। रूपेश कुमार सिंहले १६ रन बनाए। यी दुई बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन्।
नेपाल पहेंलोलाई १ सय ५८ रनना समेट्न नन्दन यादवले ३ तथा प्रतिश जिसीले २ विकेट लिए।
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान […]
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८८ रनको चुनौती दिएको छ। अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर चेन्नईलाई पहिले ब्याटिङको लागि उतार्यो। चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पार्यो। चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो। ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो। नेपालले […]