default_image

1 month ago

April 29, 2025

कोशीको ऐतिहासिक जित

355 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कोशी प्रदेश विभागीय टोली नेपाल पुलिस क्लबलाई एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक हराउन सफल भएको छ।

एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आज पुलिसलाई ३७ रनले स्तब्ध पार्दै कोशीले विजयी सुरुवात गरेको छ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा ९४ रनको अत्यन्त सहज लक्ष्य पछ्याएको पुलिस २४.५ ओभरमा ५६ रनमा अल आउट भयो।

मात्र ३४ रन जोड्दा पुलिसले ६ विकेट गुमायो। रोहन बिकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरी रनको खाता नखोली आउट भए।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन । कुनै पनि खेलाडी क्रिजमा कुनै पनि समय टिक्न सकेनन् । श्रवण यादवले ८ रन जोडे।

कोशीको लागि पहिलो खेल खेलेका देब्रे हाते स्पिनर प्रेम कामतले डेब्यु खेलमै सानदार प्रदर्शन गरे। ९ ओभर बलिङ्ग गर्दै ३ मेडन सहित १५ रन मात्र खर्चेर ५ विकेट लिए। अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ९ ओभर बलिङ गर्दे २ मेडन सहित १६ रन दिएर ३ विकेट लिए।

त्यस अघि टस जितेर पुलिसले फिल्डिङ रोजेको थियो। कोशी प्रदेशले २९.३ओभरमा ९३ रन बनायो।
कोशीको लागि रुपक बरालले सर्वाधिक २१ रन बनाए। मिनाश थापा र सुमन गहतराजले समान १५ रन जोडे।

बलिङमा पेसर सुनिल दौल्यालले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिए। विपिन खत्री र चित्र बिस्टले समान २ विकेट झारे।

प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को खेल आज सुरु भएको हो। दोश्रो खेलमा बुधवार कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसंग खेल्नेछ। कोशीले आसामलाई हराए फाइनलमा पुग्नेछ।

प्रतियोगितामा ६ टोली सहभागी छन्। ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपिएफ, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा पुलिस, कोशी र भारतको आसाम क्रिकेट टिम छ।

May 31, 2025

नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो । नेपालले यसअघि […]

May 31, 2025

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो । बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक […]

May 31, 2025

मुम्बई दोस्रो क्वालिफायरमा

एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले‌ दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]

Success

Thank you for your time.