default_image

3 weeks ago

April 29, 2025

नेपाल हरियोलाई सहज जित

1243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपाल नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ।

जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।

ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए। २ विकेटको नोक्सानीमा टिमले ३६ रन मात्र बनायो। यसपछि आशिफ शेख र आकाश त्रिपाठीले तेस्रो विकेटको लागि ५५ रनकि साझेदारी गरे।

आशिफ ५६ रन जोडेर आउट भएपछि अन्य खेलाडी क्रिजमा जम्न सकेनन्। आकाशले ३७ रन र सोमपाल कामी अविजित २४ रनना रहे।

चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन्। बलिङमा युवा बलर युवराज खत्रीले ९ ओभरमा २८ रन दिएर ४ विकेट लिए। कुशल मल्लले २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि तल्लो मुलपानी मैदानमा नेपाल नीलोले टस जित्दै पहिले ब्याटिङ गर्यो। निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २९ रनको योगफल खडा गर्यो।

ओपनर अनिल कुमार शाह र सकिब हकले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे। अनिल ३१ रनमा आउट भए।

लगतै सकिब १९ रनमा, कप्तान रोहित पौडेल मात्र ६ रनमा, प्रज्वल थापा ३ रनमा र कुशल मल्ल पनि १ रनमा आउट हुन पुगे। १ सय २० रन बनाउँदा नेपाल नीलोले ५ विकेट गुमायो।

तेस्रो क्रमका देव खनाल र सातौं क्रमका गुल्सन झाले छैटौं विकेटको लागि ५३ रनको साझेदारी गरे। ८३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै देवले टिमको लागि सर्वाधिक ७७ रनको इनिङ्स खेले। गुल्सनले ४२ रन जोड्दा करण केसीले २४ रन जोडे।

बलिङमा सागर ढकालले ९ ओभर बलिङ गर्दै २७ रन मात्र दिएर ३ विकेट लिए। रसिद खानले २ विकेट झारे।

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]

May 21, 2025

मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]

May 21, 2025

महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ महिला टोली लाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले स्वागत गरे। चोटको कारण यो पटक टोली बाहिर रहेकी सीता राना मगर र पूव […]

Success

Thank you for your time.