2 weeks ago
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको ४७ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५० बलमा ८४ रन जोड्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे ।
गिल र साई सुदर्शनले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । ११ औं ओभरमा साइ आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ३० बलमा ४ चौका र १ छक्का सहित ३९ रन जोडे ।
गिल र बटलरबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी भयो । बटलर २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नटआउट रहे । वासिंगटन सुन्दरले ८ बलमा १३ रन जोडे । राहुल तेवाटिया ९ रनमा आउट हुँदा शाहरुख खानले नटआउट ५ रन बनाए ।
राजस्थानका महिश थिक्सानाले २ विकेट तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।
गुजरात ८ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ । यो खेल जिते टोली शीर्षस्थानमा उक्लनेछ । ९ खेलमा ४ अंक जोड्दै नवौं स्थानमा रहेको राजस्थानको प्लेअफ पुग्ने सम्भवना कमजोर छ ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]