3 weeks ago
April 27, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ।
टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको छ।
दिल्लीले खुलेर ब्याटिङ गर्न सकेन । टोलीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए।
ओपनर अभिषेक पोरेलले २८ , अर्का ओपनर फाफ डु प्लिसिसले २१ रन जोडे । करुण नायर ४ रनमा आउट भए। २ विकेटको नोक्सानीमा दिल्लीले ४४ रन मात्र बनाएको थियो।
कप्तान अक्षर पटेल १५ रन बनाए । आशुतोष शर्मा २ रनमा पबिलियन फर्कदा ६ विकेटको नोक्सानीमा दिल्लीले १ सय २० रन बनायो।
आरसिबीका भुवनेश्वर कुमारले ३, जोस हेजलेवडले २ विकेट लिए ।
समान १२ अंकसहित दिल्ली तेस्रो र आरसिबी चौथो स्थानमा छ । दिल्लीले भन्दा आरसिबीले एक खेल बढी खेलेको छ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]