3 weeks ago
April 27, 2025
एजेन्सी – जसप्रति बुमराह र ट्रेन्ट बोल्टले ७ विकेट लिएपछि मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ।
जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।२ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो।
लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन जोडे। मुम्बईका बुमराहले ४ र बोल्टले ३ विकेट लिए।
त्यसअघि ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इण्डियन्सले ७ विकेट नोक्सानीमा २ १५ रन बनाएको थियो।
लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर रोहित शर्मा १२ रन बनाएर आउट भए । अर्का ओपनर रायनले टोलीका लागि सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रनको योगदान दिए।
रायनले ३२ बलमा ६ चौका र ४ छक्का तथा सूर्यकुमारले २८ बलमा समान ४ छक्का र चौका प्रहार गरे। विल ज्याक्सले २९, निमन धिरले २५, कर्विन बोस्चले २० रन जोडे।
लखनउका मयंक यादव र आभेष खानले समान २ तथा प्रिन्स यादव, दिगवेश राठ्ठी र रवि विष्नोईले समान १ विकेट लिए।
मुम्बईको १२ अंक पुगेको छ। १० अंकका साथ लखनउ छैटौं स्थानमा छ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]