default_image

3 weeks ago

April 25, 2025

हैदराबादसँग चेन्नईको‌ हार

590 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको‌ नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ।

जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो।

टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाए ।

कामिन्डु मेन्डिसले ३२, ट्रेभिस हेड, अनिकेत शर्मा र नितिशकुमार रेड्डीले समान १९ रन जोडे। चेन्नईका नुर अहमदले २, खलिद अजमत,अन्सुल कम बोज र रविन्द्र जडेजाले समान १ विकेट लिए।

त्यसअघि सनराइजर्सले टस जितेर फिल्डिङ रोज्यो । चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। ओपनर शेख रसिद गोल्डेन डक आउट भए। साम कुरान ९ रनमा र अर्का ओपनर आयुष महात्रे ३० रनमा समेटिए।

कमजोर सुरुवात गरेको चेन्नईको इनिङ्स मिडल अर्डरले पनि जोगाउन सकेनन्। ठुलो साझेदारी बन्न सकेन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो।

डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै टोलीको लागि सर्वाधिक ४२ रन बनाए। दीपक हुड्डाले २२ र रविन्द्र जडेजाले २१ रन बनाए।

बलिङमा हर्षल पटेल नायक बने।‌ उनले ४ ओभर बलिङ‌ गर्दै २८ रन मात्र खर्चदै ४ विकेट लिए। प्याट क्युमिन्सले २ विकेट झारे।

६ अंकपछि हैदराबाद अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ।‌ चेन्नई ४ अंक लियर पुछारमा छ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.