default_image

3 weeks ago

April 25, 2025

नेपाली राष्ट्रिय महिला टिमको घोषणा

614 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले महिला टि ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केहि परिवर्तन यो पटक गरिएको छ।

कविता कुँवर चोट मुक्त भएर टोलीमा फर्किएकी छिन्। यस्तै रुबी पोद्दार, मनिषा उपाध्याय र सबनम राई टोली कमब्याक गर्न सफल रहे।

पछिल्लो सिरिजमा राष्ट्रिय टिममा रहेक ममता चौधरी, एलिशा यादव, सना प्रवीन र रचना चौधरी टिममा स्थान बनाउन असफल रहे।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली चयन गरिएको हो। अनुभवी सीता राना मगरसँगै काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सिमाना केसी र रचना चौधरी भने अन्तिम १४ मा स्थान बनाउन सकेनन्।

मे ७ देखि २१ सम्म थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालसहित ९ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगिताको शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने प्रावधना रहेको छ।

ग्लोबल क्वालिफायरमा भने १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। यहाँबाट शीर्ष चार टोली अर्को वर्ष इङ्गग्ल्यान्डमा हुने महिला टि‌ ट्वान्टी विश्वकपमा छनोट हुनेछन्।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली

इन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.