default_image

3 weeks ago

April 25, 2025

आइपिएलमा पुछारका दुई टोली भिड्दै

587 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल)  एक महिना नाघेको छ। सहभागी टोलीले दोस्रो रिटर्न लेग खेल्न थालेका छन्।

त्यसैले कुनै पनि टोलीलाई अहिल्यै आइपिएलबाट बाहिर भन्नु धेरै चाँडो हुन्छ। यहाँसम्म कि पुछारमा रहेका दुई टोली चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले पनि यदि अब बाँकी रहेका सबै ६ खेल जिते भने प्लेअफ पुग्न सक्छन्।

यस्तो सम्भावना पूरा हुन सबै पक्ष मिल्नु पर्दछ ।ठीक जुन यो सिजनमा चेन्नई र हैदराबादको यात्रा हेर्दा खास सम्भव देखिँदैन।

अहिलेसम्म जम्मा २ जित हात पार्दै चेन्नईले आफ्नो आइपिएल इतिहासको सबैभन्दा खराब सुरुवातको बराबरी गरिसकेको छ। चेन्नईले सन् २०२२ मा पनि ८ खेलमा २ जित मात्र हात पारेको थियो। त्यो संस्करणमा टोली नवौं स्थानमा रह्यो । दुबै टोलीमको मुख्य समस्या भनेको ब्याटिङ हो।

हैदराबादको संघर्ष अझै निराशाजनक छ । किनकि यही ब्याटिङ लाइनअपले एक वर्षअघिसम्म २ सय ५० रन मजाले बनाउँथ्यो। टोलीले ईशान किशन लाई थपेर झन बलियो बनाएको थियो। तर यो सबै ‘फायरपावर’ सामूहिक रुपमा असफल भइरहेको छ।

त्यसलाई चेन्नईले पनि महसुस गरिरहेको हुन सक्छ। चेन्नईले अक्सनमा लिएका खेलाडीहरू मध्ये नूर अहमद बाहेक सबै असफल भएका छन्। केही अनुभवी खेलाडीको प्रदर्शन पनि संतोषजनक छैन ।

चेन्नईको ब्याटिङ लाइनअपमा पहिले यस्तो खेलाडी हुन्थ्यो जसले टोलीको पतनमा मात्रै ब्याटिङ गर्थे। जस्तै एस. बद्रीनाथ वा अजिंक्य रहाणे । जसले कठिन परिस्थितिमा खेललाई सम्हाल्थे।

तर यो सिजनमा चेन्नईका अनुभवी खेलाडीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन् । जसले गर्दा टिम व्यवस्थापन नयाँ विकल्प खोज्न बाध्य भयो। पछिल्लो खेलमा आयुष म्हात्रेले मुंबई इन्डियन्स विरुद्ध केही सम्भावना देखाएका थिए ।

टि ट्वान्टी क्रिकेट बलरका लागि होइन भन्न चलन छ । प्याट कमिन्सलाई यो पुस्ताको उत्कृष्ट बलर मानिन्छ‌ । हैदराबादको बलिङ आक्रमणको नेतृत्व उनले नै गर्छन् । तर उनको आक्रमण न त प्रभावकारी देखिएको छ न त किफायती ।

हैदराबाद सिजनमा सबैभन्दा कम विकेट (३८) लिएको टोली हो ।‌ सबैभन्दा बढी रनरेट (१०.५९) खाएका छन्। कमिन्सले यस समस्याको समाधान खोज्न अगाडि सरेर अरू सबैभन्दा बढी ओभर फालेका छन् ।

तर खास सफल भएका छैनन्। उनी हैदराबादका दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । तर ती विकेट प्रति विकेट ४० रन खर्चेर आएको छ।

यस्तो पृष्ठभूमिमा समान ४ अंकसहित नवौं स्थानमा रहेको हैदराबाद र पुछारको चेन्नईबीच आज खेल हुँदैछ। नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.