default_image

5 days ago

April 24, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक लक्ष्य

728 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ।

राजस्थानले‌ टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। यी दुईले पहिलो पावर प्लेमा ५९ रन जोडे। साल्ट २६ रनमा आउट भए।

यसपछि विराटसँग मिलेर देवदत्त पाडिकलले तेस्रो विकेटको लागि ९५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।

४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै विराटले सर्वाधिक ७० रनको पारी खेले। देवदत्तले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै टिम डेबिटले २३ रन जोड्दा जितेश शर्मा अविजित २० रनमा रहे।

बलिङमा सन्दीप‌ शर्माले २ विकेट लिए। जोफ्रा आर्चर र वानिन्दु हसरङ्गाले १/१ विकेट झारे। आरसिबीसँग १० र राजस्थानसँग ४ अंक रहेको छ।

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

April 29, 2025

नेपाल रातोको सहज जित

काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]

Success

Thank you for your time.