3 weeks ago
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
मधेश प्रदेश क्रिकेट संघद्वारा दुई वर्षअघि आयोजित महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए।
उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए। गण्डकी प्रदेश विरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो।
लामो समयपछि पनि चोट मुक्त नभएका सिद्धान्त अहिले पनि उपचार गराइरहेका छन्। उनको उपचारको लागि ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]