6 days ago
April 23, 2025
एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ।
मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।
१९ बलमा सूर्यकुमार यादव ४० रनमा अविजित रहँदै टिमलाई जित दिलाए। विल ज्याक्सले २२ रन बनाएका थिए। बलिङमा जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले कडा संघर्ष गर्दै ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनायो। अत्यन्त खराब सुरूवात गरेको सनराइजर्सले मात्र १३ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाएको थियो।
ओपनर ट्राभिस हेड बिना रन जोडी आउट भए। इशान किशन १ रनमा, अविनाश शर्मा ८ रनमा र नितिश कुमार रेड्डी २ रनमा पबिलियन फर्किए। यसपछि पाँचौं विकेटको रूपमा अंकित बर्मा १२ रनमा आउट भए।
त्यसपछि हेन्रिक क्लासेन र अभिनव मनोहर ले छैटौं विकेटको लागि ९९ रन बनायो। अभिनव ४३ रन बनाएर आउट भए। हेन्रिकले ४३ बल खेल्दै ९ चौका र२ छक्ाक प्रहार गर्दै ७१ रनको पारी खेले।
बलिङमा ट्रेन्ट बाउल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। दीपक चाहरले २ विकेट झारे।
जितमा नौ खेल खेलेर १० अंक बनाएको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ। आठौं खेलमा छैंटौं हार भोगेको सनराइजर्ससँग मात्र ४ अंक छ। सनराइजर्स लिगको नवौं स्थानमा छ।
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]