1 week ago
April 21, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ।
टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो।
गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे।
यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाउन सफल रहे। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साईलाई आउट गरे।
यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरुलाई दबाब दिए।
शुभमन शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।
जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे।
कोलकातका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १/१ विकेट लिए। अन्य चार बलर विकेट विहिन रहे।
शीर्षस्थानमा रहेको गुजरात छैटौं जित निकाल्ने दाउमा छ। कोलकाता भने ६ अंक सहित सातौं स्थानमा छ।
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।
April 30, 2025
विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो। ब्याटिङमा फितलो प्रदर्शन गरेको […]
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]