default_image

1 week ago

April 20, 2025

मुम्बईको सानदार जित

770 views

0 Bookmark

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌

जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो।

ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। तर यसपछि रोहित र सूर्यकुमारले दोस्रो विकेटको लागि अविजित १ सय १४ रनको साझेदारी गरे। यी दुई खेलाडीलाई चेन्नईका कुनै पनि बलरले आउट गर्न सकेनन्।

रोहितले विष्फोटक ब्याटिङ गरे। रोहितले ३३ बलमा अर्धशतक बनाए। उनी अविजित ७६ रनमा रहे। ४५ बल खेल्दै ४ चौका र ६ छक्का उनले प्रहार गरे। सूर्यकुमार ३० बलमा ६ चौका र ५ छक्का सहित अविजित ६८ रन बनाए।‌

बलिङमा चेन्नईले निराशाजनक प्रदर्शन गरे। रबिन्द्र जडेजाले एक विकेट लिए। अन्यले विकेट लिन सकेनन्।

त्यसअघि वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्।

यसअघि ओपनर राचिन रविन्द्र ५ रनमा, आयुष माहात्रे २२ रनमा र शेख रसिद १९ रनना आउट भए। ३ विकेट गुमाउँदा चेन्नईले ६३ रन मात्र जोडेको थियो।

यसपछि रविन्द्र जडेजा र शिवम दुबेले अर्धशतक बनाउँदै इनिङ्स सम्हाले। शिवमले ३२ बलमा २ चौका र ४ छक्का सहित ५० रन जोडे।

जडेजा अविजित ५३ रनमा क्रिजमा रहे। उनले ३५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। बलिङमा जसप्रित बुम्राहले २ विकेट लिए।

मुम्बईको चौथो जित हो। ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चार अंक सहित अंक तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो।‌

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.