1 week ago
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ।
वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्।
ओपनर रचिन रविन्द्र ५ रनमा, आयुष माहात्रे २२ रनमा र शेख रसिद १९ रनना आउट भए। ३ विकेट गुमाउँदा चेन्नईले ६३ रन मात्र जोडेको थियो।
यसपछि रविन्द्र जडेजा र शिवम दुबेले अर्धशतक बनाउँदै इनिङ्स सम्हाले। शिवमले ३२ बलमा २ चौका र ४ छक्का सहित ५० रन जोडे। जडेजा अविजित ५३ रनमा क्रिजमा रहे। उनले ३५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।
बलिङमा जसप्रित बुम्राहले २ विकेट लिए।मुम्बईका जसप्रति बुमराहले २, दिपक चेहर,आश्विनी कुमार र मिचेल सान्टनेरले समान १ विकेट लिए।
चार अंक सहित अंक तालिकाको पुछारमा रहेको चेन्नईलाई जित निकाल्ने दबाब छ। मुम्बई भने ६ अंक सहित सातौं स्थानमा छ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।