default_image

9 years ago

September 30, 2015

अभ्यासमा नेपाली यू–१९ क्रीकेट टोलीको जित

122 views

0 Bookmark

असोज १३ – नयाँ दिल्ली

नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९  टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ ।

CAN

भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो ।

कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । राजु र योगेन्द्रले पाँचौं विकेटका लागि १ सय ६ रनको साझेदारी गरेका थिए ।

जवाफमा विजय दाहियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय २ रन मात्र बनाउ सक्यो । टोलीका लागि जलाजले १ सय २ बलमा ६ छक्का र १ छक्काको मद्दतमा ८४ रन बनाए । नेपालका लागि आरिफ शेख र कौशल भूर्तेलले समान २ विकेट लिए ।

त्यहाँ टोलीले अझै तीनवटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । मलेसियामा अक्टुबर १५ बाट सुरु हुने आइसिसी विश्वकप छनोटको तयारीका लागि युवा टोली भारत भ्रमणमा छ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]

February 18, 2025

तीन दशक पछि आइसिसी प्रतियोगिता गर्दै पाकिस्तानमा

एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल‌ […]

Success

Thank you for your time.