default_image

2 weeks ago

April 20, 2025

१४ वर्षको उमेरमै वैभवको आइपिएल ‘डेब्यू’

1419 views

0 Bookmark

एजेन्सी – वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबै भन्दा कम उमेर मा डेब्यू गरेका छन्।

राजस्थान रोयल्सबाट शनिवार खेलेका वैभवले पहिलो बलमै छक्का प्रहार गरे। यद्दपी त्यो खेलमा राजस्थान लखनउ सुपर जायन्ट्ससँग २ रनले पराजित भएको थियो।

राजस्थानका लागि ओपनिङ गरेका वैभवले भारतका अन्तर्राष्ट्रिय बलर शार्दुल ठाकुरलाई एक्स्ट्रा कभरको माथिबाट छक्का प्रहार गर्दै आफ्नो उपस्थितिलाई प्रभावशाली बनाए। उनले २० बलमा ३४ रन बनाए।

बायाँ हाते ब्याटर वैभवले तेस्रो बलमै पनि छक्का प्रहार गरे । २ चौका र ३ छक्का प्रहार गरे । उनलाई गत वर्षको अक्सनमा १.१ करोड भारतीयलाई रुपैयाँ किनिएको थियो ।

उनले विशेषगरी स्ट्रेट हिटिङमा दमदार प्रदर्शन गरे र यशस्वी जयसवालसँग मिलेर पहिलो विकेटका लागि साझेदारीमा ८५ रन जोडे। उनी नवौं ओभरमा दक्षिण अफ्रिकाका ऐडन मार्करामको बलमा स्टम्प आउट भए।

वैभव सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका स्पिनर प्रयस राय बर्मनको कीर्तिमान तोडे। बर्मन १६ वर्ष १ सय ५४ दिनको उमेरमा खेलेका थिए । वैभवले १४ वर्षको उमेरमै खेल्दै सबैभन्दा कान्छो आइपिएल खेलाडी बने।

जयसवालसँगको ओपनिङ साझेदारीले राजस्थानलाई १ सय ८१ रनको लक्ष्य पछ्याउन सहज बनायो । जयसवालले ७४ रनको योगदान गरे ।

तर १८औं ओभरमा जयसवाल आउट भएपछि खेलको कथा अर्कै भयो । लखनउका अवेश खानले अन्तिम ओभरमा ९ रनको बचाउ गर्दै नाटकीय जित सनिश्चित गरे।

राजस्थानलाई अन्तिम बलमा जितका लागि ४ रन चाहिएको थियो । तर टोली ५ विकेटको क्षतिमा १ सय ७८ बनायो। त्यसले वैभवको डेब्यूलाई केहि खल्लो बनायो ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.