default_image

2 weeks ago

April 19, 2025

लखनउको रोमाञ्चक जित

1154 views

0 Bookmark

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ।

जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो।

राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न बाध्य भयो। ओपनर यशस्वी जयसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गरे। वैभव ३४ रनमा आउट भए। लगतै नितिश राना ८ रनमा पबिलियन फर्किए।

यशस्वी भने क्रिजमा टिके। उनले अर्धशतक बनाए। ५२ बल खेल्दै ५ चौका र ४ छक्का सहित ७४ रनको पारी खेले। १ सय ५६ रन जोड्दा राजस्थानले ३ विकेट गुमाएको थियो। कप्तान रायन परागले ३९ रन जोडे।

अन्तिम ६ बलमा जितको लागि ९ रन बनाउनु पर्ने थियो। ध्रुव जुरेलले पहिलो बलमा १ रन जोडे। यसपछि बलमा समस्या देखिएपछि बल परिवर्तन गरियो।

दोस्रो बलमा सिम्रन हेटमेरले २ रन जोडे। तर तेस्रो बलमा हेटमेर १२ रनमा आउट भएपछि राजस्थान दबाबमा आयो।

शुभम दुबेले चौथो बल डट खेले। उनले नै पाँचौं बलमा २ रन जोडेपछि अन्तिम बलमा जितको लागि चौका जरुरी थियो। तर दुबेले आभेष खानको बलमा १ रन मात्र लिन सके। यो सँगै लखनउले २ रनको रोमाञ्चक जित हात पार्यो।

बलिङमा आभेष खानले सर्वाधिक ३ विकेट लिए। सार्दुल ठाकुर र एडन मार्कमले १/१ विकेट झारे।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले ८  विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ। एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए ।

मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ बलमा ५ चौका र १ छक्का साथ ५० रन जोडे।

अब्दुल सामदले १० बलमा ४ छक्कासहित नटआउट ३० रन‌ बनाए । निकोलस पुरनले ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वानिन्डु हसरंगाले २ , जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ विकेट लिए।

जितमा १० अंक बनाएको लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थानको यो छैटौं हार हो। ४ अंक सहित लिगको आठौं स्थानमा रहेको छ।

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

Success

Thank you for your time.