default_image

4 weeks ago

April 19, 2025

गुजरातसँग दिल्ली पराजित

992 views

0 Bookmark

एजेन्सी – जोस बटलरको अर्धशतकको मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ।

२ सय ४ रनको लक्ष्य गुजरातले‌ १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ। बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए । ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए ।

राउल टिवाटिया ३ बलमा समान १ छक्का र चौकाका साथ नटआउट ११ रन जोडे। बटलरले ओपनर साइ‌ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ‌।

सुदर्शनले २१ बलमा ५ चौका र १ छक्काको साथमा ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए। दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो।

ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नेर ३१ रनमा पबिलियन फर्किए।

३ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो। यसपछि कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे।

ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए। छैटौं क्रमका आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे।

बलिङमा प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर ४ विकेट लिए। मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे।

सातौं खेलमा पाँचौं जितपछि १० अंकसहित गुजरातले शीर्ष स्थानमा पुनरागमन गरेको छ । समान खेलमा दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको पन्जाब किङ्सको पनि समान १० अंक छ।

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

Success

Thank you for your time.