default_image

2 weeks ago

April 19, 2025

गुजरातलाई प्रतिस्पर्धात्मक लक्ष्य

687 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २ सय ४ रनको चुनौति दिएको छ।

नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो।

ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नेर ३१ रनमा पबिलियन फर्किए।

३ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो। यसपछि कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे।

ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए। छैटौं क्रमका आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे।

बलिङमा प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर ४ विकेट लिए। मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे।

दिल्ली १० अंकसहित शीर्षस्थानमा छ। गुजरात भने ८ अंकसहित तेस्रो स्थानमा छ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.