2 weeks ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ।
प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो।
अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपालले अफगानिस्तानलाई हराउनै पर्ने थियो।
तर हिजो साँझ देखि र आज बिहान परेको पानीको कारण खेल समयमा सुरु हुन सकेन । आज बिहान करिब ९ बजे पानी पर्न रोकियो।
तर भिजेको मैदानले खेल हुन नसक्ने अम्पायरले निर्णय गरेसँगै अफगानिस्तान विश्व कपमा छनोट भयो।
नेपालको नवौं पटक विश्व कप खेल्ने सपना पूरा हुन पाएन।
यसअघि नेपालले ८ पटक विश्व कप खेलेको इतिहास छ। नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेर ६ अंक बनाएका थिए। तर रन रेटमा अफगानिस्तानले बाजी मार्यो।
अफगानिस्तानसँग ४.८१ र नेपालसँग ३.५७ रन रेट रहेको छ। रन रेटमा नेपाल पछि पर्यो।
छनोमा नेपाल, अफगानिस्तान, ओमान, हङ्कङ र युएईको सहभागिता थियो।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।