default_image

2 weeks ago

April 19, 2025

पन्जाबसँग आरसिबीको‌ हार

1004 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो।

जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ।

ओपनर प्राभसिम्रन १३ रनमा र प्रियान्स आर्य १६ रनमा आउट हुँदा पन्जाबले ३२ रन बनाएको थियो। लगत्तै कप्तान श्रयेश अयर ७ रनमा र जोश इङ्लिस १४ रनमा पबिलियन फर्किए। ४ विकेटको नोक्सानीमा पन्जाबले ५३ रन जोडेको थियो।

त्यसपछि नेहाल वाडेराले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३३ रन बनाएर पन्जाबलाई ११ बल अगाडि ५ विकेटको जित दिलाए।

बलिङमा जोश हेजलउडले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट लिए।

बैंगलुरुको एम चिन्नास्वमी मैदानमा त्यसअघि वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो।

रोयल च्यालेन्जर्स बैगलुरूले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। आरसिबीले निराशाजनक प्रदर्शन गर्यो।

७ विकेट गुमाउँदा उसले मात्र ४२ रन बनायो। अत्यन्त खराब ब्याटिङ गर्दा कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

ओपनर फिल साल्ट ४ रनमा अर्का ओपनर विराट कोहली १ रनमा तथा लायम लिभिङ्स्टन ४ रनमा, जितेश शर्मा २ रनमा क्रुनला पाण्ड्या र मनोज भान्डागे १/१ रनको लज्जास्पद स्कोर‌मा‌आउट भए।

कप्तान रजत पाटिदारले २३ रन बनाए। १८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। सातौं क्रमका टिम डेबिटले भने रोयल च्यालेन्जर्सलाई अत्यन्त कम योगफलमा समेटिनबाट जिगाए।

डेबिटले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनी अविजित ५० रनमा क्रिजमा रहे। जसमा अन्तिम ओभरमा डेबिटले २१ रन जोडे। यी दुई बाहेक अन्यले दोहोरो रनमा रन बनाउन सकेनन्।

पन्जाबका बलरहरुको प्रदर्शन सानदार रहयो। अर्षदीप सिंह, मार्को जानसेन,युजभेन्द्र चाहाल र हरपित ब्रारले‌ समान २ विकेट लिए।

पन्जाबको यो सातौं खेलमा पाँचौं जित हो। १० अंक बनाउँदै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ।

७ खेलमा आरसिबीको यो तेस्रो हार हो। ८ अंक सहित लिगको चौथो स्थानमा तल झरेको छ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.