default_image

2 weeks ago

April 18, 2025

आइपिएलमा आरसिबी र पन्जाब खेल्दै

623 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज एक अर्काको सामना गर्नेछन्।

बैैंगलुरुस्थित एम चिन्नस्वामी मैदानमा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आरसिबीले यो सिजन घरेलु मैदानको फाइदा उठाउन सकेको छैन । टोलीले चार खेल बाहिरी मैदानमा जितेकाे छ ।

पन्जाबको सामना गर्दै टोलीलाई घरेलु मैदानमा जित दर्ता गर्ने मौका हुनेछ। तर त्यो सहज भने रहने छैन ।
पन्जाब सिजनको सबैभन्दा विस्फोटक पावरप्ले युनिट मध्ये एक हो ।

आरसिबीको तीव्र गतिका बलरले पनि घरेलुु मैदानमा संघर्ष गरिरहेका छन्। जोस हेजलवुडको समग्र प्रदर्शन राम्रो छ । तर घरेलु मैदानमा एउटा मात्र विकेट लिएका छन् त्यो पनि इकोनोमी १२.१ रहेको छ।

अर्को तर्फ पंजाबसग आक्रमण शैली छ। प्रियंश आर्य (२ सय १६ रन) र श्रेयस अय्यर (२ सय ५ रन) को प्रदर्शनले टोलीलाई उच्च मनोबल दिन्छ ।

त्यसमाथि पन्जाबले दुई दिनअघि कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो लक्ष्यको रक्षा गरेको थियो। त्यो जितमा प्लेयर अफ द म्याच भएका थिए युजवेन्द्र चहल । उनले ४ विकेट लिएर आफ्नो सिजन पुनर्जीवित गर्ने प्रयास गरेका छन् ।

८ सिजन आरसिबीका लागि खेलेका चहल चिन्नस्वामीमा आइपिएल इतिहासका सबैभन्दा धेरै विकेट लिने बलर हुन्।

यी दुई टोलीबीच आइपिएलमा अहिले सम्म ३३ खेल भएको छ। जसमा आरसिबीले २६ र पन्जाबले १७ खेल जितेको छ।

आइपिएलको अंक तालिकामा समान ८ अंकसहित आरसिबी तेस्रो र चौथो स्थानमा छ। आजको खेल जित्ने टोलीले शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग अंक बराबरी गर्नेछ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.