2 weeks ago
April 17, 2025
एजेन्सी – मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो।
जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि सूर्य कुमार यादव २६ रनमा र विल ज्याक्स ३६ रनमा पबिलियन फर्कदा मुम्बईले ४ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो।
त्यसपछि स्कोर टाइ भएपछि जितको लागि १ रन जरुरी हुँदा मुम्बईले १८ औं ओभरमा २ विकेट गुमायो। हार्दिक पाण्ड्या २१ रनमा र नमन धीर रनको खाता नखोली आउट भए। तिलक वर्माले अवोजित २१ रन बनाएर टिमलाई ११ बल अगाडि जित दिलाए।
बलिङमा प्यटा क्युमिन्सले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए।
वानखेडे स्टेडियममा त्यसअघि टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विजेट गुमाउँदै १ सय ६२ रन बनायो।
अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल खेल्दै ७ चौका सहित ४० रनमा आउट भए। यसपछि भने हैदराबादले निरन्तर विकेट गुमायो। इशान किशन २ रनमा र ट्राभिस २९ बलमा २८ रन जोडेर आउट भए।
नितिश कुमार रेड्डी १९ रनमा र हेनरिक क्लासेन ३७ रनमा पबिलियन फर्किए। अंकित बर्मा अविजित १८ रनना क्रिजमा रहे।
बलिङमा विल ज्याक्सले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। यसैगरी ट्रेन्ट बाउल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट झारे।
सातौं खेलमा ६ अंक बनाएको मुम्बई लिगको सातौं स्थानमा रहेको छ।
हैदराबादको यो पाँचौं हार हो। ७ खेलबाट उसले मात्र ४ अंक बनाएको छ। टोली अंक तालिकाको नवौं स्थानमा छ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।