2 weeks ago
April 17, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ६३ रनको चुनौती दिएको छ।
वानखेडे स्टेडियममा टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल खेल्दै ७ चौका सहित ४० रनमा आउट भए।
त्यसपछि भने सनराइजर्सले निरन्तर विकेट गुमायो । इशान किशन २ रनमा र ट्राभिस २९ बलमा २८ रन जोडेर आउट भए ।
नितिश कुमार रेड्डी १९ रनमा र हाइनरिक क्लासेन ३७ रनमा पबिलियन फर्किए । अनिकेत वर्मा अविजित १८ रनमा क्रिजमा रहे ।
बलिङमा विल ज्याक्सले ३ ओभर बलिङ गर्दै १४ रन दिएर २ विकेट लिए । यसैगरी ट्रेन्ट बोल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १-१ विकेट झारे ।
सनराइजर्स र मुम्बई दुवै तेस्रो जित निकाल्ने दाउमा छन् । उनीहरु दुवैको ६ खेलबाट ४ अंक छ ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।