2 weeks ago
April 17, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ।
१२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए । रियान फ्रि हिटमा रन आउट भएका थिए।
छैंटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । ४ अंकसहित टोली आठौं स्थानमा छ।
त्यसअघि दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। जारी आइपिएलमा सुपर ओभरमा नतिजा निस्केको यो पहिलो खेल हो।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।