4 weeks ago
April 16, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८९ रनको चुनौति दिएको छ।
अरुण जैटली स्टेडियममा राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन जोड्यो।
अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। केएल राहुलले ३८ रन बनाउँदा कप्तान अक्षर पटेलले ३४ र ट्रिस्टान स्टब्स अविजित ३४ रनमा रहे।
बलिङमा जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए।
दिल्ली ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। दिल्ली पाँचौ जित निकाल्ने दाउमा छ। ६ खेल खेलिसकेको राजस्थानसँग मात्र ४ अंक रहेको छ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]