2 weeks ago
April 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।
नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली सन्तुलित टोली देखिन्छ। राजस्थानले दिल्ली विरुद्ध आफ्नो प्रदर्शन मजबुत बनाउन मिडल ओभरमा राम्रो गर्ने पर्नेछ। त्यसका लागि घरेलु टोलीमा कुलदीप यादवलाई सहज हुने छैन।
कुलदीप मिडल ओभरमा सबैभन्दा खतरनाक बलरमध्ये एक हुन्। कुलदीपले १८ ओभर बलिङ गर्दै ५.९४ को इकोनोमी रेटमा ९ विकेट लिइ सकेका छन् ।
राजस्थानले आफ्नो अस्थिर ब्याटिङमा सुधार गर्नु जरुरी छ। कप्तान संजु सामसनले अहिलेसम्म एक मात्र अर्धशतक बनाएका छन्। रियान परागको प्रदर्शन पनि एक रुपको छैन ।
नितिश राणाले एक उल्लेखनीय इनिङ खेलेका छन् । पछिल्ला ३ खेलमा २ अर्धशतक बनाएका यशस्वी जयसवाल तुलानात्मक रुपमा स्थिर देखिएका छन्।
दिल्लीमा धेरै समस्या देखिएको छैन । तर जेक फ्रेजर-म्याकगर्कको फर्मले उनीहरूलाई चिन्तित बनाएको हुन सक्छ। उनले ५ खेलमा जम्मा ४६ रन बनाएका छन् । स्ट्राइक रेट १ सय छ । गत वर्षको प्रदर्शनभन्दा यो पटक कमजोर हो ।
दिल्लीले ५ खेलमध्ये ४ खेल जितेको छ । मुम्बई इन्डियन्ससँग पछिल्लो खेलको हारले टोलीलाई केही झस्किएको छ । टोली जतिसक्दो चाँडो लयमा फर्कन चाहन्छ। त्यसमा कमजोर अवस्थामा रहेको राजस्थानलाई पराजित गर्ने टोलीलो लक्ष्य हुनेछ।
८ अंकसहित दोस्रो स्थानमा छ । ४ अंक जोडेको राजस्थान आठौं स्थानमा छ। आइपिएलमा दिल्ली र राजस्थानबीच २९ खेल भएको छ । जसमा दिल्लीले १४ र राजस्थानले १५ खेल जितेको छ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।