6 days ago
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । नेपालका तीनै ब्याटरले आक्रामक ब्याटिङ गर्दै सहज जित पक्का गरेका थिए ।
ओपनर निरज यादव १२ बलमा २३ रन जोड्दै आउट भए । उनी छैटौं ओभरमा आउट हुनुअघि ५४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर साहिल पटेलले ४२ रनको योगदान दिए । उनले ८ चौका प्रहार गरे । कप्तान नरेन भट्ट २३ बलमा ३९ रन जोड्दै नटआउट रहे । उनले पनि ८ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित पारेको थियो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।
नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले १ सय १६ बलमा ६३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२ औं ओभरमा युवराज खत्रीको बलमा छैटौं विकेटको रुपमा आउट भएका थिए ।
हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट समातिए ।
युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।
अब नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ । अफगानिस्तानले सुरुवाती २ खेलमा जित दर्ता गर्दै आज यूएईविरुद्ध ३ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी छ ।
April 21, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ। ९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको […]
April 21, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो। गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले […]