default_image

3 days ago

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

1712 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले १ सय १६ बलमा ६३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२ औं ओभरमा युवराज खत्रीको बलमा छैटौं विकेटको रुपमा आउट भएका थिए ।

हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट समातिए ।

युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।

नेपालले यसअघिको सुरुवाती दुवै खेल जित्दै सुखद सुरुवात गरेको छ । नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ ।

April 19, 2025

पन्जाबसँग आरसिबीको‌ हार

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र […]

April 18, 2025

आइपिएलमा आरसिबी र पन्जाब खेल्दै

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज एक अर्काको सामना गर्नेछन्। बैैंगलुरुस्थित एम चिन्नस्वामी मैदानमा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आरसिबीले यो सिजन घरेलु मैदानको फाइदा उठाउन सकेको छैन । टोलीले चार खेल बाहिरी मैदानमा जितेकाे छ । पन्जाबको सामना गर्दै टोलीलाई घरेलु मैदानमा जित […]

April 17, 2025

मुम्बईसँग हैदराबाद पराजित

एजेन्सी – मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि […]

Success

Thank you for your time.