default_image

5 days ago

April 16, 2025

यू१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपालले टस जित्यो

725 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ मा स्थान बनाएका छन् ।

नेपालको प्लेइङ-११:

निरज कुमार यादव, साहिल पटेल, नरेन भट्ट (कप्तान), रोशन विक, सन्तोष यादव, दिलसाद अली, अशोक धामी, अभिषेक तिवारी, अपराजित पौडेल, युवराज खत्री, विपिन शर्मा

नेपालले सुरुवाती दुई खेलमा यूएई र ओमानलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

April 20, 2025

मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]

April 20, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।

Success

Thank you for your time.