4 days ago
April 15, 2025
एजेन्सी – कोलकाता नाइट राइडर्ससँगको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा पन्जाब किंग्सले टस जितेको छ।
पन्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेका छन् । गत वर्ष श्रेयसकै कप्तानीमा कोलकाताले आइपिएलको उपाधि जितेको थियो।
आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा श्रेयस त्यो सूचीमा थिएनन्। नयाँ टोलीमा स्थानान्तरण र प्रशिक्षक रिक्की पोन्टिङसँगको पूनर्मिलनले श्रेयसलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न मद्दत गरेको छ।
पन्जाब ५ खेलमा ३ जितका साथ ६ अंकसहित छैटौं स्थानमा छ। ६ खेलमा ६ अंकसहित कोलकाता पाँचौं स्थानमा छ।
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ। प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो। अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपाललाई अफगानिस्तानलाई हराउनै पर्ने थियो। तर हिजो साँझ देखि […]
April 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र […]
April 18, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज एक अर्काको सामना गर्नेछन्। बैैंगलुरुस्थित एम चिन्नस्वामी मैदानमा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आरसिबीले यो सिजन घरेलु मैदानको फाइदा उठाउन सकेको छैन । टोलीले चार खेल बाहिरी मैदानमा जितेकाे छ । पन्जाबको सामना गर्दै टोलीलाई घरेलु मैदानमा जित […]