2 weeks ago
April 15, 2025
एजेन्सी – गत वर्ष श्रेयस अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) को उपाधि जितेको थियो।
यस पटक अय्यरले पन्जाब किंग्सको कप्तानी गरिरहेका छन्। उनको नेतृत्वमा पन्जाबले आज पूर्व टोली कोलकाताविरुद्ध खेल्दै। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा अय्यर त्यो सूचीमा थिएनन्। नयाँ टोलीमा स्थानान्तरण र प्रशिक्षक रिक्की पोन्टिङसँगको पूनर्मिलनले अय्यरलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न मद्दत गरेको छ।
आइपिएलको गत संस्करणमा अय्यरको स्ट्राइक रेट १४६.८६ थियो । यो सिजनमा उनले त्यसलाई बढाएर २०८.३३ पुर्याएका छन् । अय्यरले आफ्नो छोटो बलप्रतिको कमजोरी पनि पार गरेका छन्, र तीव्र गतिका बलरहरूलाई सजिलै सामना गरिरहेका छन्।
अय्यर र पन्जाबले आज यो सिजनकै सबैभन्दा प्रभावशाली स्पिन आक्रमणको सामना गर्नेछन्। अय्यरले कोलकाताको नेटमा सुनिल नारिन र वरुण चक्रवर्तीको बलिङको सामना गरेका थिए । उनी यो सिजन अहिलेसम्म स्पिन बलरबाट आउट भएका छैनन्। आज उनले कसरी स्पिनको सामना गर्नेछन् त्यो हेर्न लायक हुनेछ ।
नारिन र वरुणले कोलकातामा लागि स्पिनरले मौका पाउँदा ४९ ओभरमध्ये ४१ ओभर बलिङ गरेका छन्।
पन्जाब ५ खेलमा ३ जितका साथ ६ अंकसहित छैटौं स्थानमा छ। ६ खेलमा ६ अंकसहित कोलकाता पाँचौं स्थानमा छ।
April 26, 2025
जेन्सी – ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकाता नाइट राइडर्सलाई २ सय २ रनको लक्ष्य दिएको छ। टस जितेर पन्जाबले ब्याटिङ रोजेको थियो। प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । पन्जाब ले ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।
April 26, 2025
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।
April 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]