default_image

2 weeks ago

April 14, 2025

चेन्नईलाई लखनउको सामान्य लक्ष्य

483 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किङ्सलाई १ सय ६७ रनको चुनौती दिएको छ।‌

अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ।

लखनउका ओपनर एइडन मारक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा आउट भए। २ विकेट गुमाउँदा लखनउले २३ रन बनाएको थियो। यसपछि तेस्रो विकेटको रुपमा मिचेल मार्स ३० रनमा पबिलियन फर्किए। कुनै पनी समय ठुलो साझेदारी बन्न सकेन ।

कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए। ४९ बल खेल्दै उनले ४ चौका र ४ छक्का प्रहार गरे। आयुष बाडोनीले २२ र अब्दुल समादले २० रन जोडे।
बलिङमा रविन्द्र जडेजा र नुर अहमदले २/२ विकेट लिए।

लखनउ ८ अंक सहित चौथो स्थानमा छ। चेन्नई मात्र २ अंक जोडेर लिगको पुछारमा छ। चेन्नई लगातारको पाँच हारपछि पहिलो जित निकाल्ने दाउमा रहेको छ।

April 28, 2025

राजस्थानलाई गुजरातको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको ४७ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको […]

April 28, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज टस जितेको‌ छ। दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँगको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेको छ। ८ खेलमा १२ अंकसहित गुजरात दोस्रो स्थानमा छ । ९ खेलमा मात्र ४ अंक जोडेको राजस्थान नवौं स्थानमा छ।

April 27, 2025

आरसिबी शीर्षस्थानमा उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।‌ आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]

Success

Thank you for your time.