default_image

1 week ago

April 14, 2025

आइपिएलमा लखनउ र चेन्नई खेल्दै

375 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ।

लखनउमा‌ नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् ।

तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो ।

धोनी पुन: कप्तान बनेर फर्किएको उत्साह त्यति देखिएको‌ छैन। टोली पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित भएको थियो।

लखनउले ब्याटिङमा केहि लचिलोपन देखाएको छ । दिग्वेश राठी जस्तस चर्चामा नरहेका भारतीय खेलाडीलाई मौका दिएको छ । चेन्नई कुनै प्रयोग नगरी एक निश्चित ढाँचामा खेलिरहेको छ।

लखनउले पहिलो बलदेखि नै आक्रामक ढंगमा खेल्दै आएको छ । पछिल्ला ३ खेलमा पावरप्लेतर्फ विकेट गुमाएको छैन । चेन्नईले अझै पनि सुरुवातमै लय र स्थायित्व खोज्दै छ।

चेन्नईका कुनै ब्याटर आइपिएलमा सर्वाधिक रन बनाउने शीर्ष १० मा छैनन् । रचिन रविन्द्र १ सय ४९ रनका चेन्नईको शीर्ष रन बनाउनेमा छन् ।

६ खेलमा‌ ८ अंकसहित लखनउ चौथो स्थानमा छ। ६ खेलमा २ अंक जोड्ने चेन्नई एक्लो टोली हो।

April 22, 2025

दिल्ली क्यापिटल्सले टस जित्यो

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा लखनउ सुपर जायन्ट्ससँगको खेलमा टस जितेको छ। अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। समान १० अंक भएको दिल्ली अंक तालिकाको दोस्रो र लखनउ पाँचौं स्थानमा छ।

April 22, 2025

क्रिकेट टोली छनोटका लागि ‘कोर क्याम्प’ हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग टुको स्कटल्याण्ड सिरिजको लागि खेलाडी छनौट प्रक्रिया ‘द कोर क्याम्प’ बाट गर्ने भएको छ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले कुल ५२ खेलाडी छनोट गरेको थियो। जसमा यु १९ राष्ट्रिय टोलीका खेलाडी पनि सामेल छन्। द कोर क्याम्पको लागि ५२ खेलाडीलाई निलो टिम, हरियो […]

April 21, 2025

शीर्षस्थानमा रहेको गुजरातको सहज जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]

Success

Thank you for your time.