2 weeks ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) –आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय लिँदा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । दर्श सोनारको स्थानमा बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डल टोलीमा समेटिएका छन् ।
नेपालको प्लेइङ ११:
निरज यादव, साहिल पटेल, नरेन भट्ट, रोशन विक, सन्तोष यादव, दिलसाद अली, अशोक धामी, अभिषेक तिवारी, अपराजित पौडेल, दयानन्द मण्डल, युवराज खत्री
नेपालले पहिलो खेलमा यूएईलाई डीएलएस पद्दतिमा ५ रनले हराउँदै विजयी सुरुवात गरिसकेको छ । अफगानिस्तानले पनि पहिलो खेलमा ओमानलाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आज तल्लो रंगशालामा अफगानिस्तान र हङकङ खेल्दैछन् । ५ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले विश्वकप खेल्न पाउनेछ ।
April 24, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]
April 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। मधेश प्रदेश क्रिकेट संघद्वारा दुई वर्षअघि आयोजित महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए। उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए। गण्डकी प्रदेश विरुद्धको खेलमा उनको घुँडामा चोट […]