2 weeks ago
April 13, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ।
मुम्बईले दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।
दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि जारी आइपिएलमा पहिलो हार बेहोरेको छ।
रनको खाता नखोली पहिलो विकेट गुमाएपनि अभिषेक पोरेल र करुण नायरले दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन्।
नायरले ४० बलमा १२ चौका र ५ छक्कासहित ८९ रनको महत्वपूर्ण इनिङ खेले। पोरेलले २५ बलमा ३ चौका र १ छक्कामा ३२ रन जोडे।
केएल राउल १५, आशुतोष शर्मा १७ , विपराज निगम १४ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मुम्बईका करन शर्माले ३, मिचेल सान्टनेरले २, दीपक चेहेर र जसप्रति बुमराहले समान १ विकेट लिए।
त्यस अघि अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।
ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।
त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए।
तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।
५ खेलमा ८ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ।
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको ४७ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको […]
April 28, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज टस जितेको छ। दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँगको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेको छ। ८ खेलमा १२ अंकसहित गुजरात दोस्रो स्थानमा छ । ९ खेलमा मात्र ४ अंक जोडेको राजस्थान नवौं स्थानमा छ।
April 27, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]