1 month ago
April 13, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सहज जित हासिल गरेको छ।
आरसिबीले राजस्थान रोयल्स (आरआर) लाई ९ विकेटले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको आरसिबीले १५ बलअघि एक मात्र विकेट गुमाएर विजय प्राप्त गर्यो।
ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। कोहली र देवदत्त पडिकलले दोस्रो विकेटका लागि ८३ रनको अविजित साझेदारी गरे।
साल्टले ३३ बलमा ५ चौका र ६ छक्कासहित टोलीका लागि सर्वाधिक ६५ रन बनाए । कोहलीले ४५ बलमा ४ चौका र २ छक्काका साथ ६२ रन जोडे ।
पडिकलले २८ बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडे। आरआरका लागि एक मात्र विकेट कुमार कार्तिकेयले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरआरले यशस्वी जैसवालको अर्धशतकसँगै ४ विकेटको नोक्सानीमा १ सय ७३ रन बनाएको थियो।
जैसवालले ४७ बलमा १० चौका र २ छक्काका साथ ७५ रन जोडे। सन्जु सामसनले १५, रियान परागले ३०, ध्रुब जुरेलले ३५ रन बनाए।
आरसिबीका भुवनेश्वर कुमार, यश दयालु, जोस हज्लेवड र क्रुनाल पाण्ड्याले समान १ विकेट लिए।
६ खेलमा चौथो जित निकाले आरसिबी ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ। समान खेलमा ४ अंकसहित आरआर सातौं स्थानमा छ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]