default_image

1 month ago

April 13, 2025

नेपालको विजयी सुरुवात

2378 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

यो हारले युएईका यायिन किरण रायको सतक छायाँमा परेको छ । जितको लागि २ सय १ रनको विजय लक्ष्य पछ्याएको युएई ३६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रनमा रोकियो ।

यसपछि बाँकी ४ ओभरको खेल खराब प्रकाशका कारण सम्भव हुन सकेन । जितका लागि युएईलाई २४ बलमा ३० रन बनाउनु थियो । शतक बनाएका यायिन क्रिजमै थिए । तर खराब प्रकाशको कारण अम्पायरको निर्णयसँगै युएईले ५ रनको हार बेहोर्यो ।

सन्तोष यादवले खेल रोकिनुअघि गरेको ओभर नै महत्त्वपुर्ण रह्यो । उनले आफ्नो अन्तिम र टोलीको ३६औं ओभरमा विकेट लिएपछि नेपाल डिएलएस पद्दतिमा अघि बढेको थियो । सन्तोषले ८ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

युएई विरुद्ध दोस्रो इनिङमा नेपालले सुरुवात राम्रो गर्यो। मात्र ६ रन बनाउँदा युएईका दुई ओपनर आउट भैसकेका थिए । ४ रन बनाएका आयन मिसबाहलाई अभिषेक तिवारीले एलबीडब्लु धरापमा पारे । अर्का ओपनर अक्क्षत राय रनको खाता नखोली रन आउट भए ।

तर त्यसपछि यायिन किरण राय र मोहम्मद रायन खानले तेस्रो विकेटको लागि ७५ रनको साझेदारी गर्दे इनिङ्स सम्हाल्ने कोशिस गरे।

मुहम्मद ३५ रनमा आउट भए। तर यायिन किरण भने क्रिजमा जमे। उनलाई नेपाली बलरले आउट गर्न सकेनन्। उनले शतक पूरा गर्दै नेपाललाई दबाब दिए। उनले ९६ बल खेल्दै ८ चौका र ५ छकमका सहित अविजित १ सय ४ रनमट रहे। तर पनि यो सानदार पारी जितको लागि पर्याप्त भएन ।

बलिङमा सन्तोष यादव र अशोक धामीले समान २ तथा नरेन भट्ट र अभिषेक तिवारीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । नेपालका कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे ।

मुलपानी क्रिकेट रंगशालाकि पहिलो अन्तर्राष्ट्रिय खेलको सुरुवात नेपाली युवा टोलीले ब्याटिङबाट गर्यो। नेपालले ४ विकेट गुमाउँदा १ सय रन बनाएको थियो। निरज कुमार यादवले १८ रन, साहिल पटेलले ३२ रन, सन्तोष यादवले ११ रन र रोशन विश्वकर्माले ४ रन बनाए।

त्यसपछि कप्तान नरेन भट्ट र दिलशाद अलिले पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गरे। यो क्रममा नरेनले अर्धशतक बनाए। ७५ बल खेल्दै ७ चौका सहित ६७ रनको पारी खेले। दिलशादले ४० बलमा‌ १ छक्का सहित‌ ३४ रन जोडे। अशोक धामी अविजित १० रनमा रहे।

बलिङमा युएईका उदिश सुरीले ८ ओभरमा १ मेडन सहित ३ विकेट लिए। सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।

भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ। दिनको अर्को खेलमा अफगानिस्तानले माथिल्लो मुलपानी मैदानमा ओमानलाई ८ विकेटले सहजै हरायो ।

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

Success

Thank you for your time.